रामपुर (पाल्पा) । रामपुर नगरपालिका स्वास्थ्य शाखाले वार्षिक समीक्षा गरेको छ । नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्था, रामपुर अस्पताल र स्वास्थ्य शाखाबाट आर्थिक वर्ष २०८१÷०८२ मा सम्पादन गरेका कामको समीक्षा गरेको हो ।
कार्यक्रममा स्वास्थ्य संस्था र शाखाले एक वर्षको अवधिमा सञ्चालन गरेका कार्यक्रम र प्रदान गरेका सेवाको समीक्षा गरेको छ । भौतिक अवस्था, पोषण कार्यक्रम, गर्भवती महिलाको अवस्था र पोषण, विभिन्न औषधीको उपलब्धता र वितरण, मातृ तथा नवशिशुको स्वास्थ्य अवस्था लगायतका विषयमा छलफल भएको छ ।
कार्यक्रममा सहभागीले भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको र केही बालबालिका र शिशुमा कडा कुपोषण फेला परेकाले यसको न्यूनीकरणका लागि ध्यान दिनुपर्नेमा जोड दिएका छन् ।
नगर प्रमुख रमणबहादुर थापाले समुदायमा आधारित रहेर स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक रहेको बताए । उनले गाउँका असहाय असक्त र वृद्धवृद्धाका लागि घरघरमै पुगेर सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन् ।
समुदाय बेसमा रहेर सहज स्वास्थ्य सेवा प्रदान गर्न सके मात्र सेवा प्रभावकारी हुने बताउँदै नगर प्रमुख थापाले पछिल्लो केही वर्ष यता सर्ने रोग भन्दा नसर्ने रोगका विरामीको संख्यामा वृद्धि हुनु चिन्ताको विषय भएकाले यसमा गम्भीर हुन आवश्यक रहेको बताए । अव्यवस्थित खानपान र जीवनयापनका कारण नसर्ने रोग लागेका विरामीको संख्यामा बृद्धि भएको भन्दै यसका लागि सबै स्वास्थ्यकर्मीले समुदायस्तरमा सचेतना फैलाउन आग्रह समेत गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका क्षयरोग तथा खोप अधिकृत विश्वनाथ न्यौपानेले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले उपचारात्मक भन्दा प्रबद्र्धनात्मक स्वास्थ्य सेवा दिन आवश्यक रहेको बताए । साथै सेवाको गुणस्तरमा ध्यान दिनुपर्ने भन्दै जनप्रतिनिधि र सरोकारवालाको ध्यान पुग्न जरुरी रहेको उनी बताउँछन् ।
प्रमुख प्रशासकीय अधिकृत सुर्यदर्शन पण्डितको अध्यक्षतामा भएको स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेको स्वागत र नर्सिङ अधिकृट्ट पुनम धितालको सञ्चालमा कार्यक्रम भएको हो ।
नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिका भित्रका १६ वटा स्वास्थ्य संस्थाका प्रमुख, रामपुर अस्पताल र स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी र जनप्रतिनिधि लगायत सहभागी थिए ।
Comments are closed.