२ महिनामा भित्रियो साढे ३ खर्ब रेमिट्यान्स

काठमाडौं । २ महिनामा साढे ३ खर्ब रेमिट्यान्स भित्रिएको छ । चालू आर्थिक वर्ष २०८२/८३ को शुरूआती २ महिनामा साढे ३ खर्बभन्दा धेरै रेमिट्यान्स भित्रिएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष ०८२/८३ को दोस्रो महिनाको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार गएको भदौ मसान्तसम्म रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको र ३ खर्ब ५२ अर्ब ८ करोड रुपैयाँ पुगेको हो । भदौमा मात्रै रु १ खर्ब ७४ अर्ब ६७ करोड रेमिट्यान्स भित्रिएको छ ।

गत साउन र भदौ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९० हजार १९८ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ ।

 

 

You might also like

Comments are closed.