काठमाडौं । अध्यागमन विभागले तिहारको सार्वजनिक बिदा अवधिमा पनि आफ्नो केही सेवा खुला रहने जानकारी दिएको छ ।
विभागले शुक्रबार सूचना जारी गर्दै भाइटिकाको दिन बाहेक तिहारका अन्य दिनहरूमा बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने भनेको छ ।
विभागको सूचनामा भनिएको छ, “२०८२ सालको तिहारको अवसरमा पर्न जाने सार्वजनिक बिदाको अवधिमा मिति २०८२/०७/१६ गते भाइटिकाको दिन बाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने ब्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।”
सूचनाअनुसार, विदेशी पर्यटकका भिसासम्बन्धी सेवा, नवीकरण र अन्य आवश्यक कार्यका लागि उक्त शाखा निर्धारित समयमा खुला रहनेछ । विभागले तिहार बिदाका कारण सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएको बताएको छ ।
Comments are closed.