ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुले हवाई भाडामा ८० प्रतिशतसम्म छुट पाउने

काठमाडौं । आन्तरिक हवाई भाडादरमा अब ज्येष्ठ नागरिक र फरक क्षमता भएका यात्रुले ८० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

आइतबार नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको अध्यक्षतामा बसेको बैठकमा वायुसेवा कम्पनीका प्रतिनिधिबीच हवाई भाडामा छुट दिने सहमति भएको हो । प्राधिकरणका अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले हवाई टिकटमा नेपाल सरकारले तोकेको अधिकतम भाडादरमा ५० प्रतिशत छुट पाउनेछन् ।

त्यस्तै, ७५ वर्षभन्दा माथिका यात्रुका लागि ७० प्रतिशत र ८० वर्षभन्दा माथिका यात्रुका लागि ८० प्रतिशत छुटको व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । फरक क्षमता भएका यात्रुका लागि पनि न्यूनतम ५० प्रतिशत छुट सुनिश्चित गरिने भएको छ । सो छुट सुविधा आइतबारदेखि नै लागू गर्न प्राधिकरणले सबै वायुसेवा कम्पनीलाई निर्देशन समेत दिएको छ ।

 

You might also like

Comments are closed.