आज तिहारको पाँचौँ दिन विधिपूर्वक सकियो गाई पूजा

काठमाडौँ । तिहार अर्थात् यमपञ्चकको पाँचौँ दिन आज विधिपूर्वक गाईको पूजा आराधना गरिएको छ ।

गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । हाम्रो समाजमा गाई माताका रुपमा पूजिन्छ । गाईलाई मीठा मीठा परिकार खान दिएर धुमधामका साथ गाईपूजा मनाइएको छ ।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन (डोरो) गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा आज गाईको पुच्छरमा रक्षाबन्धनको डोरो पनि बाँधिएको छ ।

You might also like

Comments are closed.