भाइटीकाको दिन मात्र खुल्ने बालगोपालेश्वरको मन्दिर विहानैदेखि खुला

काठमाडौं । काठमाडौंको रानीपोखरीबीचमा रहेको बालगोपालेश्वर मन्दिर आज विहानैदेखि खुला गरिएको छ ।

दिदीबहिनी नहुनेका लागि भाइटीकाको दिन आज मन्दिर खुला हुने गर्दछन् । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक भाइटीकाको दिन मात्रै खुल्ने गर्छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । बालगोपालेश्वर मन्दिर दिनभर नै खुला हुन्छ ।

You might also like

Comments are closed.