काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। निर्धारित विनिमय दर अनुसार आज अमेरिकी डलर स्थिर रहँदा यूरोपियन युरो र ब्रिटिस पाउण्ड स्ट्रलिङको भाउमा सामान्य गिरावट आएको छ ।
राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ ३९ पैसा र बिक्री दर १४० रुपैयाँ ९९ पैसा कायम गरिएको छ । त्यस्तै, एक युरोपियन युरोको खरिद दर १६२ रुपैयाँ ६८ पैसा र बिक्री दर १६३ रुपैयाँ ८३ पैसा तोकिएको छ भने एक युके पाउण्ड स्ट्रलिङको खरिद दर १८६ रुपैयाँ ९१ पैसा र बिक्री दर १८७ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।
स्वीस फ्रयाङ्क एकको खरिद दर १७६ रुपैयाँ १४ पैसा र बिक्री दर १७६ रुपैयाँ ८९ पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ९१ रुपैयाँ १५ पैसा र बिक्री दर ९१ रुपैयाँ ५४ पैसा कायम गरिएको छ । त्यस्तै, क्यानेडियन डलर एकको खरिद दर १०० रुपैयाँ १४ पैसा र बिक्री दर १०० रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिद दर १०८ रुपैयाँ ०८ पैसा र बिक्री दर १०८ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिद दर नौ रुपैयाँ २५ पैसा र बिक्री दर नौ रुपैयाँ २९ पैसा छ। चिनियाँ युआन एकको खरिद दर १९ रुपैयाँ ७० पैसा र बिक्री दर १९ रुपैयाँ ७९ पैसा, साउदी रियाल एकको खरिद दर ३७ रुपैयाँ ४३ पैसा र बिक्री दर ३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।
कतारी रियाल एकको खरिद दर ३८ रुपैयाँ ५२ पैसा र बिक्री दर ३८ रुपैयाँ ६८ पैसा, थाइ भाट एकको खरिद दर चार रुपैयाँ २७ पैसा र बिक्री दर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिद दर ३८ रुपैयाँ २२ पैसा र बिक्री दर ३८ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, मलेसियन रिङ्गेट एकको खरिद दर ३३ रुपैयाँ १९ पैसा र बिक्री दर ३३ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिद दर नौ रुपैयाँ ८१ पैसा र बिक्री दर नौ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १४ रुपैयाँ ८८ पैसा र बिक्री दर १४ रुपैयाँ ९४ पैसा, डेनिस क्रोनर एकको खरिद दर २१ रुपैयाँ ७८ पैसा र बिक्री दर २१ रुपैयाँ ८७ पैसा तोकिएको छ ।
Comments are closed.