काठमाडौं । नेपाल पर्वतारोहण सङ्घले देशभरका उच्च पहाडी तथा हिमाली क्षेत्रमा अत्यधिक हिमपात भएकाले पर्वतारोहण दल र पदयात्रीलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
एक सूचना जारी गर्दै संघले पर्वतारोही र पदयात्रीलाई अनावश्यक रूपमा उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म हल्कादेखि भारी हिमपातको सम्भावना औँल्याएकाले यात्रा गर्नुअघि थप सतर्कता अपनाउन संघले सुझाव दिएको छ ।
संघले सम्बन्धित ट्रेकिङ कम्पनीलाई पनि आफ्ना आरोहण दल तथा पदयात्रीको सुरक्षाका लागि समन्वय गर्न आग्रह गरेको छ ।









Comments are closed.