काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य चुनावमा एक हजार मतदाता बराबर एक मतदान केन्द्र राखिने भएको छ ।
निर्वाचन आयोगले एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने गरी तयारी अगाडि बढाएको हो । विगतमा पनि यस्तै अभ्यास हुँदै आएको छ ।
एक हजार मतदाता भए एउटा मतदान केन्द्र बनाउने र एउटा मतदान केन्द्रमा मतगणनाका लागि पनि कर्मचारी व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढेको हो । एउटा मतदान केन्द्रमा कम्तीमा १४ कर्मचारी आवश्यक पर्ने आयोगका अधिकारीहरूले बताएका छन् ।
सरकारले कर्मचारी व्यवस्थापन सहितको लागि निर्वाचन बजेट तयार पारेको छ । आयोगका अनुसार चुनावको लागि साढे सात अर्ब निर्वाचन खर्च लाग्ने अनुमान गरिएको छ ।




Comments are closed.