काठमाडौं । मौसम प्रतिकूल हुँदा हवाई उडान प्रभावित बनेको छ । ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रियतर्फका दुवै उडान केही ढिला भएका छन् ।
हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी, हुम्लाको सिमीकोटलगायत विमानस्थलमा उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार प्रतिकूल मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्रै भइरहेको छ ।
केही उडान ढिला भए पनि रद्द नै गर्नुपर्ने अवस्था आइनसकेको उहाँले बताउनुभयो ।



Comments are closed.