काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा सम्पन्न २०२५ पब्जी मोबाइल सुपर लिग सेन्ट्रल एन्ड साउथ एशिया फल सिजन सम्पन्न भएको छ ।
तीव्र प्रतिष्पर्धाका प्रतियोगिता आयोजना गरिएको हो । ६ दिनसम्म चलेको यस प्रतियोगितामा जम्मा ६ टोलीले प्रतिष्ठित २०२५ पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपका लागि आफ्नो स्थान सुरक्षित गरेका छन् ।
भर्चस.प्रो, अल्फा गेमिङ र म्याड बुल्सले आफ्नो उत्कृष्ट रैंकिङ आधारमा पीएमजिसी गन्टलेट स्टेजमा स्थान पाएका छन् भने आक्र्रेड, इनर सर्कल र गोटले आफ्नो पीएमजिसी रेटिङ पोइन्ट्सका आधारमा पीएमजिसी ग्रुप स्टेज मा स्थान सुरक्षित गरेका छन् । नेपालबाट होरा इ–स्पोट्र्स, फोर योनको रोयल जुत्ती र नेपेक्स इ–स्पोट्र्सले पीएमएसएल ग्रुप स्टेजमा नेपालको राम्रो प्रतिनिधित्व गरेका थिए ।
असाधारण टिमवर्क र कौशल प्रदर्शन गर्दै होरा इ–स्पोट्र्स र फोर योनको रोयल जुत्ती दुबै टोलीले अन्तिम चरणसम्मको यात्रा तय गरे । जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली इ–स्पोट्र्स समुदायको बढ्दो क्षमता र प्रभावलाई प्रदर्शन गरेको थियो । नेपाली टोलीमध्ये होरा इ–स्पोट्र्सले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकी डलर ११,७५०, फोर योनको रोयल जुत्तीले अमेरिकी डलर ४७५०र नेपेक्स इ–स्पोट्र्सले अमेरिकी डलर १७५० नगद पुरस्कार प्राप्त गरे ।
पब्जी मोबाइल साउथ एशिया पब्लिसिङ लिड इसाकले प्रत्येक सिजनसँगै प्रतियोगिताको स्तर झन् उचाइमा पुग्दै गएको बताए । नेपाली इ–स्पोट्र्स प्रशंसकले यस पटक आफ्ना स्थानीय टोलीले विश्वस्तरमा प्रतिस्पर्धा गरेको हेर्न नपाएपनि इ–स्पोट्र्स वल्र्ड कपमा हुने रोमाञ्चक खेल र विश्वस्तरीय टुर्नामेन्ट अनुभवले उत्साह अझै उच्च रहेको छ ।









Comments are closed.