आउँदो पुसमा बाघ गणना गरिदै

चितवन । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउँदो पुसमा बाघ गणना गरिने भएको छ ।

यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर यसका लागि एक करोड ५० लाख रुपैयाँभन्दा धेरै खर्च हुने गर्छ ।

हरेक चार–चार वर्षमा बाघको गणना गरिँदै आएको छ । विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो । एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने तयारी छ ।

You might also like

Comments are closed.