अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन

म्याग्दी । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ ।

मौसममा आएको खराबी र हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविर क्षेत्रमा पुगेका पर्यटकको सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको अन्नपूर्ण आधार शिविर क्षेत्रमा गएरातिदेखि हिमपात भइरहेको छ । अन्नपूर्ण आधार शिविर क्षेत्रमा सञ्चारको पहुँच नभएका कारण पर्यटक हिमपातका कारण समस्यामा पर्नसक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक सतर्कता अपनाइएको हो ।

आउँदो शुक्रबारसम्म हिमाली क्षेत्रमा हिमपात र वर्षाको सम्भावना रहेकाले अन्नपूर्ण आधार शिविर जान पूर्ण रुपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

You might also like

Comments are closed.