काठमाडौं । जेनजी आन्दोलनपछि जलेको सवारी साधन खरिद गर्न अर्थ मन्त्रालयले नेपाल प्रहरीलाई सहमति दिएको छ ।
अर्थ मन्त्रालय स्रोतका अनुसार प्रहरीलाई पहिलो चरणमा २५१ वटा गाडी खरिदका लागि सहमति दिइएको हो ।
मन्त्रालयको सहमतिअनुसार प्रहरीलाई १७५, सशस्त्र प्रहरीलाई ७० र राष्ट्रिय अनुसन्धान विभागलाई ६ वटा गाडी खरिद गर्न पाउने छन्। प्रहरीलाई गाडी खरिदका लागि आइतबार अर्थ मन्त्रालयले सहमति दिएको एक सहसचिवले जानकारी दिए ।
निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा सुरक्षा अवस्थालाई चुस्त बनाउन प्रहरीसँग सवारीसाधन अपुग हुने भएपछि खरिद प्रक्रिया अघि बढाइएको थियो ।








Comments are closed.