मुस्ताङमा १० दिनमा ४० हजार बढी पर्यटक

मुस्ताङ । १० दिनको अवधीमा ४० हजारभन्दा बढीले मुस्ताङ अवलोकन गरेका छन् । कात्तिक सुरु भएपछि मुस्ताङ जाने पर्यटकको सङ्ख्या बाक्लो छ ।

सडक सुबिधा पहुँच पुगेसँगै कार, बस, जीप, मोटरसाइकल, स्कुटर लगायतका सवारी साधनमा मुस्ताङ जानेको लहर चलेको छ । शैक्षिक संस्था, विभिन्न संघ संस्थाको टोली, पारिवारिक, आफन्तजन, साथीभाई भएर यतिबेला मुस्ताङका विभिन्न स्थान अवलोकन गर्दै रमाउनेको आकर्षण बढ्दो छ ।

सोमबार रातिदेखिनै मुस्ताङमा वर्षा र हिमपात भएसँगै यहाँका आएका पर्यटक समस्यामा परेका छन् ।

You might also like

Comments are closed.