काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य तोलामा २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी ४५ रुपैयाँले बढेर तोलाको २ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
मंगलबार चाँदी २ हजार ९२० रुपैयाँमा कारोबार भएको थियो ।








Comments are closed.