काठमाडौं । स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्न टोली परिचालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो पटक स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानका लागि सातवटै प्रदेशमा विशेषज्ञसहितको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले नर्सिङ कर्मचारीका समस्यासहित तलब तथा सेवासुविधासम्बन्धी, जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण, जेनजी क्लिनिक सञ्चालनको अवस्थालगायत क्षेत्रमा भएका समस्याबारे अध्ययन गरी समाधानका गर्नका विकल्प पहिल्याउन टोली खटाइने बताए ।
टोलीले समस्या समाधानका लागि संघीय, प्रादेशिक एवं स्थानीय तहका सम्बन्धित निकायको समन्वयमा छलफल तथा सहजीकरण गर्नेछ ।








Comments are closed.