काठमाडौं । आज सुनको भाउ बढेको छ ।
आज सुन तोलामा ७ सय रुपैयाँले बढेर तोलाको २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलाको २ लाख ३९ हजार रुपैयाँ थियो ।
आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले घटेर तोलाको तीन हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अस्ति चाँदीको भाउ तोलाको तीन हजार ६० रुपैयाँ थियो ।








Comments are closed.