काठमाडौं । आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ ।
सरकारले चालू वर्षको लागि निर्धारण गरेको कार्यालय समय अनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ ।
अन्य समयमा भने बेलुकी ५ बजेसम्म कार्यालय समय रहँदै आएको छ । शुक्रबारको दिन भने दिउँसो ३ बजेको समय यथावत् रहनेछ ।








Comments are closed.