काठमाडौं । सोमबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ सुरु हुने भएको छ ।
यातायात व्यवस्था विभागका अनुसार दैनिक कम्तीमा ५०० को दरले छपाइ हुनेछ । सुरक्षण मुद्रण केन्द्रले बनेपामा छपाइ गरेर विभागलाई हस्तान्तरण गर्ने विभागका निर्देशक नरहरि तिवारी बताउँछन् । उनका अनुसार यसपछि विभागले चालकलाई वितरण गर्छ ।
यातायात व्यवस्था विभागले करिब २५ लाख सवारी लाइसेन्स छाप्न बाँकी रहेको जनाएको छ । यीमध्ये १२ लाख केन्द्रले छाप्ने भएको छ । केन्द्रले ३ देखि ६ महिनामा १२ लाख लाइसेन्स छापेर विभागलाई हस्तान्तरण गर्नेछ ।








Comments are closed.