अक्टोबरमा भित्रिए १ लाख २८ हजार पर्यटक

काठमाडौं । यस वर्षको अक्टोबर महिनामा नेपाल घुम्ने पर्यटक बढेका छन् । विभिन्न देशबाट पर्यटक नेपाल भित्रिएका छन् । अक्टोबरमा मात्रै १ लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबर महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन बढेको हो ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दक्षिण एशियाबाट २९ हजार ६०, एशियाका अरू देशबाट २३ हजार १२७, यूरोपबाट ४० हजार ५ सय, ओसियानाबाट ६ हजार ८१४, अमेरिकाबाट १६ हजार ४०७, मध्यपूर्वबाट ३ हजार ५४८, अफ्रिकाबाट ४४३ र अरु देशबाट ८ हजार ४४४ पर्यटक नेपाल आएका छन् ।

गएको जनवरीदेखि अक्टोबरसम्म जम्मा ९ लाख ४३ हजार ७१६ जना पर्यटक नेपाल आएका बोर्डले जनाएको छ । अक्टोबरमा भारतबाट १७ हजार २९८ जना पर्यटक नेपाल आएका छन् ।

यसैगरी अमेरिकाबाट १३ हजार २८६, बेलायतबाट ८ हजार ७१८, चीनबाट ६ हजार ७५५, जर्मनीबाट ६ हजार ३६६, अष्ट्रेलियाबाट ६ हजार १७७ जना नेपाल भ्रमणमा आएका छन् ।

 

You might also like

Comments are closed.