काठमाडौं । दुई दिनदेखि अवरुद्ध दाउन्ने सडक खण्ड दुईतर्फी सुचारु भएको छ ।
नवलपरासी पूर्व विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर–२ स्थित पूर्वपश्चिम राजमार्गको दाउन्ने सडक खण्ड सोमबार मध्यान्हदेखि दुईतर्फी सुचारु भएको पूर्वी नवलपरासीका एसपी युवराज खडकाले जानकारी दिए ।
यो सडक भएर यात्रा गर्ने यात्रुले निकै सास्ती भोगिरहनु परेको छ । घण्टौँसम्म सडक अबरुद्ध भएर बीच बाटोमै यात्रु अलपत्र परेका थिए । अहिले भने सडक चालु भएसँगै सवारी साधन तथा यात्रु आफ्नो गन्तव्यतर्फ लागेका छन् ।








Comments are closed.