काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि कोरिया गणतन्त्रका राजदुत महामहिम पार्क ते यङ बीच भेटघाट भएको छ ।
सोमबार अर्थ मन्त्रालय, सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चासहित कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गरे । कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना तथा कार्यक्रमको अवस्था सन्तोषजनक रहेको विषय उल्लेख गर्दै कोरियासँगको आर्थिक साझेदारीलाई निरन्तरता दिने उनी बताउँछन् ।
भेटको अवसरमा महामहिम राजदुतले कोरिया सरकारको एजेन्सी कोइका र नेपाल सरकार बीचको द्विपक्षीय सम्बन्ध स्थापनाको ३० वर्ष पुगेको र सो अवधिमा नेपालले कोरिया र कोइकासँग गरेको समन्वय र सहकार्यका लागि खुशी व्यक्त गर्दै कोरियन लगानीकर्तालाई नेपालमा लगानीको लागि प्रोत्साहित गर्न र नेपाली उत्पादनको प्रवद्र्धनका लागि आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेका छन् । नेपाली कामदारलाई कोरिया रोजगारीका लागि लैजान सहज होस् भनेर कोरिया सरकारले छुट्टै भिसा सेन्टर स्थापना गर्न लागेको विषय समेत जानकारी गराए ।
राजदुतले ईपियस प्रणाली अन्तर्गत रोजगारीका लागि कोरिया गई फर्किएका नेपाली नागरिकको उद्यमशिलता प्रवद्र्धनका लागि नयाँ व्यवसाय सञ्चालन गर्न कोइकाको सहयोगमा कृषि विकास बैंकमार्फत सहुलियत पूर्ण कर्जा उपलब्ध गराउनका लागि प्रक्रिया अगाडि बढाइएकोमा सोका लागि आवश्यक सहजीकरण गर्न समेत अनुरोध गरेका छन् ।








Comments are closed.