३ महिनामा २ लाख बढीले लिए श्रम स्वीकृति

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनामा २ लाख १० हजार भन्दा बढीले श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागकाअनुसार साउनदेखि असोज महिनासम्ममा २ लाख १० हजार ५१६ जनाले श्रम स्वीकृति लिएका हुन् । अघिल्लो आर्थिक वर्षको साउनदेखि असोजसम्ममा १ लाख ७० हजार ६०३ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

गएको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि संयुक्त अरब इमिरेटस (यूएई), साउदी, कतार, ओमान, बहाराइन, कुवेतमा नेपाली श्रमिक रोकिएको बताइए पनि ती देशमा जानेको संख्यामा कमी नआएको तथ्याङ्कले देखाएको छ ।

 

You might also like

Comments are closed.