कारोबार गरेको बैंकसँग गुनासो भए तत्काल गुनासो सुनुवाइ दर्ता गराऔँ : राष्ट्र बैंक

काठमाडौं । बैंकसँग गुनासो भए तत्कालै गुनासो दर्ता गराउन राष्ट्र बैंकले आग्रह गरेको छ । आफ्नो कारोबार भएको बैंकसँग कुनै गुनासो भएमा सो बैंकको सूचना तथा गुनासो सुनुवाइ डेस्कमा सम्पर्क गर्न बैंकको अनुरोध छ ।

केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सूचना जारी गर्दै गुनासो सुनुवाइ सम्बन्धी व्यवस्थाबारे जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंक तथा वित्तीय संस्थाले वेबसाइटको अग्रभागमा गुनासो सुन्ने अधिकारीको नाम, पद, फोन नम्बर, मोबाइल नम्बर र इमेल ठेगाना हटलाइन नम्बर गुनासो सुनुवाइसम्बन्धी अनलाइन पोर्टल राखेका हुन्छन् ।

यसरी सम्बन्धित बैंक तथा वित्तीय संस्थामा गुनासो राख्दा समेत सो उपर सुनुवाइ नभएमा गुनासो डट एनआरबी डट ओआरजीमा आफ्नो गुनासो दर्ता गर्न सक्ने बताएको छ । यस्तै, नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालय वा प्रदेशस्थित कार्यालयहरूमा समेत गुनासो दर्ता गर्न सकिनेछ ।

 

You might also like

Comments are closed.