घोराही । अदुवाको मूल्य मूल्य खस्किएपछि किसान मारमा परेका छन् । उत्पादित अदुवाको मूल्य नभएपछि किसान चिन्तित बनेका छन् ।
उचित भाउँ नहुदा बारीमा अदुवा खन्न बाकी नै रहेको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका किसान विकास खड्काले बताए । उनको बारीमा अनुमानित ५० क्विन्टल अदुवा छ ।
यतिबेला बारीको अदुवा खनेर बजार पठाइसक्नुपर्ने हो । गत वर्ष यही याममा ५५ रुपैयाँदेखि ६० प्रतिकिलो अदुवा बेचेका खड्कालाई अहिले बजार भाउले निकै खिन्न बनाएको छ । बजार भाउ ३० देखि ३५ रुपैयाँ रहेका कारण अदुवा खन्ने जाँगर नलागेको उनी बताउँछन् ।
पहाडी क्षेत्रमा जङ्गली जनावरले क्षति नगर्ने र राम्रो आम्दानी हुने भएपछि अधिकांश किसानले अदुवा रोप्ने गरेका छन् । तर, मूल्य नपाउँदा किसान मर्कामा परेको स्थानीय पूर्णबहादुर पुन बताउँछन् ।
अन्य कृषि बाली छोडेर अदुवा व्यावसायमा लागेका किसान भाउँ नपाउँदा समस्यामा परेका छन् ।




Comments are closed.