नेपाली उत्पादन फ्रोजन फ्रेन्च फ्राइज अमेरिका निर्यात

नेपाली उत्पादनको विश्वबजार विस्तारको ढोका खोल्ने

भैरहवा । भैरहवा भन्सार कार्यालयबाट नेपाली उत्पादन फ्रोजन फ्रेन्च फ्राइज पहिलो पटक संयुक्त राज्य अमेरिका निर्यात भएको छ ।

रुपन्देहीमा अवस्थित फस्ट च्वाइस फुड्स् प्रालिबाट अमेरिकास्थित जेन्टको एलएलसी डिबिए टिसिएफ फुड्स् लाई नेपाली रु ५४ लाख ८८ हजार १५८ मूल्य बराबरको दुई कन्टेनर ४३५२० किलोग्राम फ्रोजन फ्रेन्च फ्राइज निर्यात भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

नेपालमा उत्पादित खाद्यवस्तुले अमेरिका जस्तो प्रतिष्पर्धात्मक बजारमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । अमेरिकी बजारमा नेपाली फ्रेन्च फ्राइजको प्रवेशले भविष्यमा थप नेपाली उत्पादनहरुको विश्वबजार विस्तारको ढोका खोल्नेछ ।

निर्यात प्रवद्र्धनका लागि आवश्यक सेवा सुविधा, सूचनाको पहुँच र प्रक्रियागत सहजतामा निरन्तर सुधार गर्न प्रतिबद्ध रहेको कार्यालयले जनाएको छ । निजी क्षेत्र, उत्पादनकर्ता, ढुवानी तथा गुणस्तर नियमन निकायहरुसँगको सहकार्यलाई अझ सदृढ बनाउँदै जाने भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

You might also like

Comments are closed.