जेनजी आन्दोलनको प्रभाव : घट्यो ट्राफिक कारबाहीबाट उठ्ने राजस्व

काठमाडौं । जेनजी आन्दोलन पश्चात् ट्राफिक कारबाहीबाट हुने राश्वमा कमी आएको छ । आन्दोलनको असरले करिव ५० प्रतिशत राजश्व घटेको छ ।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार असोजमा ट्राफिक कारबाहीबाट ३ करोड १३ लाख ७३ हजार ५०९ रुपैयाँ मात्रै राजस्व सङ्कलन भएको छ । यो अघिल्ला महिनाहरूको तुलनामा आधाभन्दा कम हो । ट्राफिक कारबाहीबाट यसअघि औसतमा मासिक ९ करोड रुपैयाँ बढी राजस्व उठ्दै आएको थियो ।

प्रहरीका अनुसार असोजमा जम्मा ३३ हजार २२६ सवारी साधन मात्रै कारबाहीमा परेका छन् । अघिल्ला महिनाहरूमा औसतमा १ लाख बढी चालक तथा सवारी कारबाहीमा पथ्र्ये । गत असारमा १२ करोड ८ लाख र साउनमा मात्रै १० करोड ८८ लाख राजस्व सङ्कलन भएको थियो । भदौको तथ्याङ्क सार्वजनिक भएको छैन ।

आन्दोलनका क्रममा देशका दर्जनौं ट्राफिक बिटमा आगजनी हुँदा ट्राफिकका अत्यावश्यक उपकरण समेत जलेका थिए । जसका कारण केही हप्ता नियमित चेकिङ समेत रोकिएको थियो ।

चेकिङ रोकिँदा नियम उल्लंघन गर्नेलाई कारबाही नहुँदा राजस्वमा कमी आएको हो । अहिले भने ट्राफिकले सबै खाले चेकिङ सुरू भइसकेको जनाएको छ ।

 

You might also like

Comments are closed.