सवारी चालक अनुमति पत्र सुरक्षण मुद्रण केन्द्रबाट छपाइ शुरु

काठमाडौं । आजबाट पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइ कार्यको शुभारम्भ भएको छ ।

हाल यातायात व्यवस्था विभागबाट प्राप्त डाटा अनुसार दैनिक करिब ५ सय वटा लाइसेन्स छापिने जनाइएको छ ।

६ महिनाभित्र सबै बाँकी लाइसेन्स छापेर सेवाग्राहीलाई वितरण गर्ने योजना रहेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।

अब ठप्प प्राय अवस्थामा रहेको सुरक्षण मुद्रण केन्द्रलाई पूर्ण रूपमा चलायमान बनाउँदै अगाडि बढ्ने उनले बताए ।

You might also like

Comments are closed.