धनगढी । धनगढी उपमहानगरपालिका र कैलाली उद्योग वाणिज्य संघबीच सहकार्यका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमाल र संघका अध्यक्ष पुस्कर ओझाले हस्ताक्षर गरेका छन् ।
आगामी दिनमा आर्थिक, सामाजिक, रोजगारी, पर्यटन लगायतका क्षेत्र समन्वय र सहकार्य गरी कार्य गर्ने गरि समझदारी गरिएको मेयर हमालले जानकारी दिए ।
धनगढीको समग्र विकासमा यो समझदारीले योगदान गर्ने विश्वास गरिएको छ । उपमहानगरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको संघका अध्यक्ष ओझाले बताए ।









Comments are closed.