काठमाडौं । काठमाडौंको सिनामङ्गलस्थित ब्रिजवाटर स्कुलमा आज ‘रोबोटिक्स र कोडिङ कार्यशाला–२०८२’ भव्य रूपमा सम्पन्न गरिएको छ । कक्षा ३ देखि ९ सम्मका विद्यार्थीहरू सहभागी रहेको उक्त कार्यशालाको उद्देश्य विद्यार्थीहरूमा प्रविधिप्रतिको जिज्ञासा, सिर्जनशीलता र व्यावहारिक सीपको विकास गर्नु रहेको विद्यालयले जनाएको छ ।
कार्यशालामा विद्यार्थीहरूले आफ्नै प्रयास र सीप प्रयोग गरी तयार पारेका विभिन्न रोबोटिक प्रोजेक्टहरूको प्रदर्शन गरिएको थियो । यस कार्यक्रममा विद्यार्थीहरूले बनाएका रोबोटहरूले विभिन्न कार्यहरू स्वतः सञ्चालन गर्ने, सिम्पल टास्क पूरा गर्ने, र इन्जिनियरिङ सिद्धान्तहरू प्रयोग गरेर समस्या समाधान गर्ने क्षमता प्रदर्शन गरेका थिए । विद्यालयमा “रोचक रोबोटिक्स खेलहरू” पनि आयोजना गरिएको र जसमा विद्यार्थीहरूले मनोरञ्जनसँगै प्रतिस्पर्धात्मक रूपमा प्राविधिक ज्ञान सिक्ने अवसर पाएका विद्यालयका प्रशासनिक प्रमुख राकेश साहले बताए ।
उनी भन्छन्, “यस्ता कार्यशालाले विद्यार्थीहरूलाई प्रविधिको व्यावहारिक ज्ञान दिलाउने मात्र होइन, उनीहरूमा सिर्जनशीलता, समस्या समाधान गर्ने क्षमता र सहकार्यको भावना पनि विकास गर्छ । अहिलेको युग प्रविधि र नवप्रवर्तनको हो, त्यसैले हामीले बाल्यकालदेखि नै विद्यार्थीहरूलाई प्राविधिक शिक्षासँग परिचित गराउन आवश्यक छ ।”
विद्यालयका प्रमुख नारायण दासले वर्तमान शिक्षा प्रणालीमा कोडिङ र रोबोटिक्स अहिलेको शैक्षिक आवश्यकता बनेको बताए । उनी भन्छन्,“अहिले रोबोटिक्स र कोडिङ आवश्यकता छ । विद्यार्थीहरूले यस्ता गतिविधिबाट सिकेका सीपहरूले भ(िवष्यमा उनीहरूलाई ग्लोबल स्तरमा प्रतिस्पर्धी बन्न मद्दत गर्छ । हामीले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै जानेछौँ ।”
कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको समेत उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले कार्यशालाबाट प्राप्त ज्ञानले विद्यार्थीहरूलाई विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित क्षेत्रमा अग्रसर हुन प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ । विद्यालय प्रशासनले कार्यशालालाई सफल बनाउन सहयोग गर्ने सबै विद्यार्थी, शिक्षक, प्रशिक्षक, अभिभावक तथा आयोजक टोलीलाई धन्यवाद दिएको छ ।
ब्रिजवाटर स्कुलले आगामी दिनमा पनि आर्टिफिसियल इन्टेलिजेन्स, ड्रोन प्रविधि, र इनोभेसन प्रतियोगिता जस्ता शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको र यस्तो पहलले विद्यार्थीहरूको सिर्जनशील सोच र प्राविधिक क्षमतामा दीर्घकालीन योगदान पु¥याउने विद्यालयले विश्वास व्यक्त गरेको छ ।








Comments are closed.