बढ्यो सुनको भाउ, तोलाको रु २ लाख ४६ हजार ४००

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा ४ हजार ९ सय रुपैयाँले बढेको छ ।

आज तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी ५ रुपैयाँले बढेर तोलाको ३ हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी तोलाको ३ हजार १६५ रुपैयाँ थियो ।

 

You might also like

Comments are closed.