देशका ३८ कार्यालयबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा पुनः सुचारु

काठमाडौं । सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा पुन ः सुचारु भएको छ । देशका ४२ वटा कार्यालयमध्ये ३८ वटा यातायात कार्यालयबाट सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवा सुचारु भएको छ ।

यातायात व्यवस्था विभागले गत भदौ २४ गतेको आन्दोलनमा क्षति पुगेको सर्भर मर्मत गरी अनलाइन प्रणाली सञ्चालनमा ल्याएसँगै देशका ३८ कार्यालयले सो सम्बन्धी सेवा पुनः सुरू गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा विभागमा आगजनी तथा तोडफोड हुँदा इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन तथा सर्भरमा क्षति पुग्दा २ महिनादेखि सवारी चालक अनुमतिपत्र सम्बन्धी सम्पूर्ण काम बन्द भएको थियो ।

अब ४ वटा यातायात कार्यालयबाट मात्र सेवा सुचारु हुन बाँकी रहेको छ । यातायात व्यवस्था कार्यालय हेटौंडा, पोखरा, चौरजहारी र सुर्खेतबाट मात्र सेवा सुरू हुन बाँकी छ ।

 

You might also like

Comments are closed.