काठमाडौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रीमियर होटल) को सातौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सभाले अम्बिका पौडेलको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । अध्यक्षमा पौडेलसहित शिवनाथ पाण्डे, नवराज बुर्लाकोटी, बाबुकाजी कार्की र सृजना केसी सञ्चालक समितिमा निर्विरोध निर्वाचित भएका हुन् ।
सर्वसम्मत रूपमा अध्यक्षको जिम्मेवारी सुम्पने शेयर सदस्य लगायत सरोकारवाला सबैलाई अध्यक्ष पौडेलले धन्यवाद दिएका छन् ।
आफ्नो कार्यकालमा संस्थालाई हस्पिटालिटी क्षेत्रको उत्कृष्ट र अग्रणी कम्पनीका रूपमा विकास गर्न सदैव लाग्ने उनले प्रतिबद्धता जनाए ।









Comments are closed.