अपाङ्गता भएका व्यक्तिमा अन्तर्निहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रम

काठमाडौं । कोशी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, कोशी प्रदेश, सङ्गीत साधना प्रतिष्ठान इटहरी र करुणा फाउण्डेसन नेपालको संयुक्त आयोजनामा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कार्यक्रम भएको छ ।

अपाङ्गता समावेशी समाजको प्रवर्द्धनः सामाजिक उन्नतिको संवर्द्धन भन्ने नाराका साथ बुधबार विराटनगर स्थित वीरेन्द्र सभा गृहमा आयोजित “अपाङ्गता भएका व्यक्तिमा अन्तर्निहित प्रतिभाको खोजी तथा प्रस्फुटन कार्यक्रम” सम्पन्न भयो।

“कोशी प्रदेशको शान, प्रतिभावान् अपाङ्गता भएका व्यक्तिको पहिचान कलाको व्यावसायिकताले बढाउनेछ आय र आत्मसम्मान” भन्ने नाराका साथ कोशी प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री पाँचकर्ण राईको प्रमुख आतिथ्यता सम्पन्न उक्त कार्यक्रम प्रदेशसभाका माननीय सदस्यहरू, स्थानीय तहका प्रमुखरअध्यक्ष, उपप्रमुखरउपाध्यक्ष, अपाङ्गता भएका व्यक्तिहरूका संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरू, नागरिक समाज तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रह्यो।

कार्यक्रममा कोशी प्रदेशका ६५ जना प्रतिभावान् अपाङ्गता भएका व्यक्तिहरूले सङ्गीत तथा गायन (२७), साहित्य (११), नृत्य (१०), चित्रकला (६), हस्तकला (४), अभिनयरक्यारिकेचर (३), वक्तृत्वकला (२), कार्यक्रम प्रस्तोता (१) र नवप्रवर्द्धन (१) गरी कुल नौ विधामा आफ्नो प्रतिभा प्रस्तुत गरे। बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन भएको कार्यक्रममा दिनभरमा हजारौँ दर्शक र सहभागीको उत्साहजनक उपस्थिति रह्यो।

उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गीतकारद्वय बुलु मुकारुङ र वसन्त सापकोटा, गायकद्वय राजु लामा र प्रितम आचार्य, निर्देशक त्रेय मीनबहादुर भाम, विशाल भण्डारी र सोनु जयन्ती, साहित्यतद्वय मनु मंजिल र कृष्ण विनोद लम्साल, चित्रकारद्वय महेन्द्र राई र अमिर बंजन र नृत्यतर्फ निलु थापा र निलम ढुङ्गाना र हस्तकलातर्फ कृति श्रेष्ठ उपाध्याय सहितका व्यक्तित्वहरूले हौसला प्रदान गर्नुका साथै उपस्थित विशिष्ठ व्यक्तिहरूले आ(आफ्ना विधामा प्रस्तुती समेत दिए ।

कार्यक्रमले प्रतिभावान् अपाङ्गता भएका व्यक्तिहरूलाई केवल मञ्च प्रदान गर्ने मात्र नभई व्यावसायिक प्रतिभा विकास र आत्मनिर्भरता तर्फ मार्गदर्शन गर्ने उद्देश्य सफलतापूर्वक आरम्भ गरेको छ। यस ऐतिहासिक तथा प्रेरणादायी कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याउने प्रदेश सरकार, स्थानीय तहहरू, सहकार्य गर्ने सबै सरोकारवाला पक्षहरू, सञ्चार माध्यम, संघ(संस्था, नागरिक समाज, बुद्धिजीवी, अपाङ्गता भएका व्यक्तिका संस्थाहरू तथा सम्पूर्ण सहयोगीलाई फाउण्डेसनले धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ ।

You might also like

Comments are closed.