lcci festival

नेपाल वितरक महासंघले मनायो स्थापना दिवस

काठमाडौं । नेपाल वितरक महासंघले आफ्नो १७औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि रामशरण थपलियाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै थपलियाले उत्पादन कम्पनी र वितरक कम्पनीबीच देखिने विभिन्न समस्या समाधानमा वितरक महासंघले महत्वपुर्ण भुमिका खेलेको बताए ।

कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष दुर्गाप्रसाद गौतमले महासंघले मुख्य रूपमा उत्पादक र वितरक कम्पनीबीचको वित्तीय तथा अन्य विविध समस्या समाधान गर्दै आएको तथा उत्पादक र वितरक कम्पनीबीच पुलको काम गरेको बताए । महासंघ ४७ जिल्लामा विस्तार भइसकेको उनले बताए ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले नेपाल वितरक महासंघलाई १७औँ स्थापना दिवसको हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

महासंघले वितरक क्षेत्रको हकहित संरक्षण र विकासका लागि निरन्तर प्रयास गर्दै आएको कार्यक्रम संचालक तथा महासंघका सचिव शिव खनालले बताए ।

You might also like

Comments are closed.