बागमती दुग्ध विकास बोर्डको आयोजनामा किसान सम्मेलन

काठमाडौं । बागमती प्रदेश दुग्ध विकास बोर्डद्वारा आयोजित प्रदेश स्तरीय दुग्ध किसान सम्मेलन २०८२ शुरु भएको छ । बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेलको अध्यक्षतामा  कार्यक्रम आजबाट शुरु भएको हो । उक्त कार्यक्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री  मधुसूदन पौडेल प्रमुख अतिथिको रूपमा उपस्थित थिए । सम्मेलन २ दिनसम्म चल्नेछ ।

कार्यक्रममा पूर्व कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डा. राजेन्द्रमान श्रेष्ठ र दावादोर्जे लामा विशेष अतिथिको रूपमा सहभागी थिए । साथै पशुपन्छी विभागका महानिर्देशक डा. उमेश दाहाल, राष्ट्रिय दुग्ध विकास बोर्डका निर्देशक डा राजेन्द्र यादव, केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडका अध्यक्ष अम्बर बहादुर कुँवर, प्रदेश दुग्ध विकास बोर्डका निर्देशक तथा निमित्त सचिव सुरेन्द्र के.सी. लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। यसैगरी नेपाल डेरी एसोसिएसनका अध्यक्ष एवं बिर्ड सदस्य प्रल्हाद दाहाल, बोर्ड सदस्यहरु कृष्ण प्रसाद अधिकारी, भगीरथ तिमिल्सिना, सुजन तामाङ, रबिन्द्र हुमागाईं लगायत बोर्डका सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि माननीय मधुसूदन पौडेलले दुई दिनसम्म चल्ने यो सम्मेलनले यो क्षेत्रको मुख्य समस्या, चुनौती र समाधान समेत पहिचान गरि एक महत्वपूर्ण डकुमेन्ट तयार हुने विश्वास लिइएको बताए । कार्यक्रममा अध्यक्ष हरि प्रसाद पौडेलले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी दिएका थिए। सम्मेलनमा दुग्ध क्षेत्रको विकास, किसानका समस्या तथा निर्यात सम्भावनाका विषयमा व्यापक छलफल हुने कुरा बोर्डका सदस्य एवं नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले जानकारी गराए ।

पशु सेवा विभागका महानिर्देशक उमेश दाहालले गरे सबै कुरा हुन्छ हामी सबै लागौं भन्दै अहिले मिल्क होलिडे हटेको जानकारी गराए । सिडिक्यानका अध्यक्ष अमर कुँवरले किसानको छलफल गर्ने थलो राष्ट्रिय दुग्ध विकास बोर्ड जस्ता महत्त्वपूर्ण कार्यालयहरु हटाउने कुरा किसानलाई पाच्य नहुने कुरा बताउँदै किसानले उत्पादन गरेको दुध सहज रुपमा बिक्री वितरण गर्न पाउनु पर्ने र बिक्री भएको दुधको भुक्तानी समयमै हुनुपर्ने कुरा बताए । विशेष अतिथि राजेन्द्रमान श्रेष्ठले आफूले गरेका कामको बारे बताए भने कृषि पेशालाई विशेष महत्व दिनुपर्ने कुरा बताए । त्यसै गरि अर्का विशेष अतिथि पुर्व कृषि मन्त्री दावादोर्जे लामाले पनि आफूले गरेका कामको बारे बताउँदै आफ्नै पालामा बनाइएको धुलो दूध कारखानाले बागमती प्रदेशमा रोजगार सृजना गर्ने र यो महत्वपूर्ण उद्योगको रुपमा रहने कुरा बताए ।

राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशका डां राजेन्द्र यादवले मिलेर काम गरौं पक्कै पनि गर्न सकिन्छ । हाल देशबाट अर्बौ रुपैयाँको छुर्पी, घ्यु आदि निर्यात भएको छ भन्ने कुरा बताए ।

दुई दिनसम्म चल्ने यो कार्यक्रम ललितपुरको कृषिको सभा हलमा चल्नेछ । सम्मेलनमा विज्ञहरुबाट ५ वटा कार्यक्रम प्रस्तुत गरि घनिभुत छलफल गरि आगामी दिनमा अध्ययन र अनुसन्धानका लागि राम्रो डकुमेन्ट बनी सहज हुने जानकारी बोर्डका उपाध्यक्ष हरि प्रसाद पौडेलले जानकारी गराए ।

You might also like

Comments are closed.