मनकामना हिलक्रेस्ट रिसोर्ट दोस्रो वर्षमा प्रवेश

काठमाडौं । चितवन को–ई समूह अन्तर्गतको रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा स्वामित्व तथा सञ्चालित र मनकामनाको पहिलो लक्जरी होटल मनकामना हिलक्रेस्ट रिसोर्ट दोस्रो वर्षमा प्रवेश गरेको छ।

मनकामनामा सुविधासम्पन्न र आरामदायी बसाइको अनुभव प्रदान गर्दै यस क्षेत्रलाई तीर्थाटनसँगै त्यसभन्दा परको एक आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यका साथ रिसोर्ट अघि बढिरहेको छ। पहिलो वर्ष अत्यन्त सन्तोषजनक र उत्साहजनक रहेको बताइएको छ ।

समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनामा तयार भएको यो रिसोर्ट निर्धारित समयभन्दा केही ढिलो गरी सञ्चालनमा आए पनि मनकामना केबलकारको वार्षिकोत्सवको अवसर पारेर औपचारिक उद्घाटन गरिएको थियो। यो उनिप्रतिको सम्मान तथा उनको विरासतप्रतिको स्थायी श्रद्धाञ्जली रहेको बताइएको छ । आगामी वर्षमा उनको दूरदर्शी दृष्टिकोणलाई अगाडि बढाउन प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

सेवा, गुणस्तर र पाहुनाको सन्तुष्टिमा अझ सुधार ल्याउन निरन्तर साथ, सहयोग र सुझाव प्रदान गर्ने सम्पूर्ण पाहुनाप्रति रिसोर्टले आभार व्यक्त गरेको छ । साथै, रिसोर्टको विकासमा अहोरात्र समर्पित रहने व्यावसायिक कर्मचारी टोली, मनकामनाका स्थानीय बासिन्दा, सहिद लखन गाउँपालिका, गोरखा जिल्ला प्रशासन कार्यालय तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सबैप्रति रिसोर्टले धन्यवाद ज्ञापन गरेको छ ।

रिसोर्टलाई निरन्तर साथ र सहयोग गर्ने साझेदार ट्राभल एजेन्सी तथा पर्यटन र आतिथ्य क्षेत्रका सम्पूर्ण सरोकारवालाप्रति पनि रिसोर्टले धन्यवाद व्यक्त गरेको छ ।

मनकामनालाई नेपालको एक प्रमुख गन्तव्यका रूपमा स्थापित गर्ने क्रममा आगामी दिनमा अझ स्तरीय सेवा र गतिविधि प्रदान गर्ने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।

You might also like

Comments are closed.

Secret Link