काठमाडौं । सिटी एक्सप्रेस ग्रुपको सहायक कम्पनी सिटी एक्सप्रेस इन्भेष्टमेन्ट फण्ड प्रालि सर्वाधिक आयकर दाखिला गर्ने करदाता सम्मानित कम्पनी बन्न सफल भएको छ ।
कम्पनी बालाजु कर कार्यालयको कार्यक्षेत्रभित्र आर्थिक वर्ष २०८१/०८२ को सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएको हो ।
सर्वाधिक आयकर दाखिला गर्ने करदाताका रूपमा सम्मानित भएकोमा गर्व महसुस भएको सिटी एक्सप्रेस ग्रुपका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले बताए ।




Comments are closed.