नेपाली मौलिकतासहितको समाजवादको खाका तय गरिने : नेता पुन

कास्की । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं पूर्व उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले पार्टीको आसन्न राष्ट्रिय सम्मेलनबाट नेपाली मौलिकतासहितको समाजवादको खाका तय गरिने बताएका छन् ।

पोखरामा बिहिबार कार्यकर्ता भेटघाटमा उनले पार्टीको नेतृत्वमा हालसम्म भएका परिर्वतनका एजेण्डाहरुको स्वामित्व लिने र जनता र उत्पादनसँग जोड्दै समाजवादमा पुग्ने कार्यदिशा पार्टीको रहने उल्लेख गरे । उनले भने, “पावर पोलिटिक्समा डुबेको माओवादी पार्टीलाई सुधार गरेर सच्चयाउने अवसर राष्ट्रिय सम्मेलनमा छ ।”

jutta mela

युवा नेता पुुनले पार्टीका वडा र पालिका सम्मेलनहरुमा स्थानीय एजेण्डाका बारेमा बहस हुनुपर्ने र त्यसलाई स्थापित गर्नुपर्नेमा कुनै पनि पार्टीमा त्यस्तो हुन नसकेको टिप्पणी गरे ।

माओवादी पार्टीलाई ज्ञानमा आधारित पार्टी बनाउनुपर्नेमा नेता पुनले जोड दिए । उनले भने, “ माओवादीलाई नलेज बेस पोलिटिक्स र नलेज बेस पार्टी बनाउनुप¥यो ।”

You might also like

Comments are closed.