पाेखरा वचत तथा ऋण सहकारी संस्थाको शाखा (सेवा केन्द्र) विस्तार

पाेखरा । पोखरा वचत तथा ऋण सहकारी संस्थाले स्थापनाको २० औँ वर्षमा आईपुग्दा दोस्रो सेवा केन्द्र विस्तार गरेको छ ।

कास्की जिल्ला भरी कार्यक्षेत्र रहेको सहकारीले वाड नं. १०, १२, १४ र १५ का सेयर सदस्यको माग बमोजिम पाेखरा-९ नयाँ बजारमा रहेको सेवा केन्द्र लाई स्थानतरण गरी पोखरा १० अमरसिँह चोकमा सेवा केन्द्र विस्तार गरेको छ ।

उक्त सेवा केन्द्र २०७८ मंसिर २७ गते संस्थाको कार्यसमिती तथा सल्हाकारको उपस्थितीमा संस्थाका अध्यक्ष सुरेन्द्र बहादुर गोदारले उद्घाटन गरेका थिए । उक्त संस्थाले अहिलेको परिस्थितीलाई मध्यनजर राखी २०७८ पैष ५ गते देखी पौष १३ गते सम्म शुभारम्भ सप्ताहा मनाउने संस्थाका सचिव दिल बहादुर केसीले जानकारी गराए ।

jutta mela

उक्त संस्थाको मुख्य कार्यलय पोखरा ९ नयाँ बजारमा आफ्नै भवनमा छ भने पहिलो शाखा पोखरा ८ श्रृजना चोकमा संन्चालन छ।

वि.सं २०५९ साल वैषाख १२ गते स्थापित पेखरा वचत तथा रिण सहकारी संस्था लि. मा अहिले सम्म ४२२७ शेयर सदस्य छन । कुल चुक्त पुजी १० करोड ४८ लाख रुपैयाँ शेयर पुंजी रहेको संस्थामा कार्तिक मसान्त सम्म ८५ करोड ४१ लाख निक्षेप तथा ९९ करोड १२ लाख लगानी रहेको छ भने आर्थिक वर्ष ०७७/०७८ मा २ करोड २९ लाख कुल नाफा आर्जन गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधितकृत बुद्धी प्रसाद तिवारीले जानकारी गराए ।

You might also like

Comments are closed.