पोखरा । सूर्य नेपाल प्रा.लिको आयोजनात था लाइफकेयर डाइग्नोष्टिक्स न्युरोड पोखराको प्राविधिक सहकार्यमा निःशुल्क बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा करिव ३ सय जनाको स्वास्थ्य निःशुल्क परीक्षण गरिएको छ । शुक्ला गण्डकी ७ शेराटार तनहुँमा शिविर सम्पन्न भएको हो ।
शिविरमा जनरल फिजिसियन सेवा, जनरल सर्जरी, स्त्री रोग बिशेष, बाल रोग बिशेषज्ञ लगायतका सेवा प्रदान गरिएको थियो । भिडियो एक्सरे, प्रयोगशाला सेवा अन्र्तगत मधुमेह, मुटुको वोसोपना, कलेजोको परीक्षण, पिसावको जाच, थाइराइड लगायत परीक्षण निःशुल्क गरिएको लाइफ केयर डाइग्नोष्टिक्सका प्रवन्ध निर्देशक शुक्रराज कडेंलले जानकारी दिए ।
समय समयमा ल्यावले विभिन्न संस्थासँगको सहकार्यमा सेवा प्रदान गर्दै आइरहेका छ जसका कारण ग्रामिण क्षेत्र तथा विपन्न नागरिक लाभान्वित भएका छन् ।
ल्यावले कोभिड परीक्षण गरि सोही दिन रिपोर्ट पनि उपलब्ध गराउदै आएको छ । ल्यावको रिपोर्ट विश्वरी नै मान्यता प्राप्त भएकोले विदेश जानेहरुका लागि सहज भएको छ ।
ल्यावले परीक्षणकालागि अत्याधुनिक प्रविधीयुक्त मेसिनको प्रयोग गर्दै आइरहेकोछ ।
Comments are closed.