बैंकको बढेको ब्याजदर फिर्ता लिन महासंघको माग    

काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ ।

महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन् । “बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ”, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनःबैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताए । उद्योग व्यवसाय गर्नेहरुले अहिले बैंकबाट सहज तरिकाले ऋण पाउन सक्ने अवस्था नभएको उनको भनाइ छ ।

पछिल्लो समय बैंकले तरलता अभावका बहानामा उद्योगी व्यवसायीलाई ऋण अड्काउने, मनपरी ढङ्गले ब्याजदर बढाउनेलगायत भइरहेका गतिविधिप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 

lcci
You might also like

Comments are closed.