मूल्य वृद्धिदर लक्ष्यभन्दा बढी

काठमाडौं । सार्वजनिक विवरणानुसार चालु आवको मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर (मुद्रास्फीति) सात दशमलव ११ प्रतिशत रहेको छ ।

राष्ट्रबैंकले चालु आवमा मूल्य वृद्धिदर ६ दशमलव पाँच प्रतिशतभित्रै राख्ने लक्ष्य राखे पनि समीक्षा अवधिमा वार्षिक लक्ष्यभन्दा शून्य दशमलव ६१ प्रतिशत विन्दुले मुद्रास्फीति बढेको देखिन्छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति दुई दशमलव ९३ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६७ र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव २५ प्रतिशत रहेको छ ।

jutta mela

त्यस्तै सार्वजनिक तथ्याङ्कानुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप एक दशमलव सात प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप छ दशमलव पाँच प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा यो वर्षको मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १५ दशमलव नौ प्रतिशतले बढेको छ ।

त्यस्तै सार्वजनिक विवरणानुसार आवको पहिलो पाँच महिनामा सङ्घीय सरकारको खर्च ३ तीन खर्ब ८७ अर्ब तीन करोड र राजस्व परिचालन चार खर्ब १२ अर्ब ४० करोड छ ।

You might also like

Comments are closed.