सुनौली नाकाबाट बढ्दो स्पेयर पार्टसको अवैध आयातले सरकारको राजस्वमा असर

काठमाडौं । हाम्रो देश नेपाल भारतसंग खुल्ला सिमानाका कारण अवैध रुपमा माल सामान ओसार पसार हुनु कुनै नौलो कुरा होइन । तर, बिगत केहि महिना यता यो क्रम ह्वातै बढेर गएको छ । जसको प्रत्यक्ष असर सरकारको राजस्वमा पर्ने देखिन्छ ।

विशेष रुपमा नेपालको मुख्य नाका मध्य एक सुनौलीनाकाबाट अवैध रुपमा ठुलो मात्रामा गाडीमा लाग्ने पार्टसहरु भित्रिने गरेको पाइएको छ । जसबाट राज्यलाई दिनहुँ ठुलो मात्रामा राजस्व नोसानी पर्न गएको देखिन्छ । आधिकारिक रुपमा गाडीमा लाग्ने पार्टसहरु भित्र्याउँदा मुःअःकर सहित ४३ प्रतिशतसम्म राजस्व बुभmाउनु पर्ने हुन्छ । तर यी सामान अवैध तवरबाट भित्रिदा सरकारलाई दैनिक लाखौंको राजस्व नोक्सानी हुँदै आइरहेको छ । जबकि सम्बधित निकाय मौन बसिदिदा यो क्रम दिनादुन बढ्दै गइरहेको व्यवसायीहरु बताउँछन् ।

भैरहवा क्षेत्रमा अटो पार्टस व्यवसाय गरि बसेका जमुना एण्ड सन्सका सञ्चालकका अनुसार सम्बन्धित निकायले कुनै चासो नदिंदा दैनिक खपतको ६० प्रतिशत भन्दा बढी पार्टसहरु अवैध तवरले आयात भइइरहेका छन् । जसले अवैध आयातलाई प्रोत्साहन गर्नुका साथै सरकारको राजस्व संकलनमा पनि असर पुगेको छ ।

सुरु–सुरुमा सिमाना आसपासमा मात्र यस्ता गतिविधि भएपनि हाल आएर यस्तो अवैध आयात रुपन्देही, कपिलवस्तु एवं नवलपरासीका सम्पूर्ण क्षेत्रसम्म विस्तार भएको बताउ‘छन् बुटवल मैनावगरमा अटो पार्टसको व्यवसाय गरि वसेको कृष अटोमोवाइलका संचालक सुरज रेश्मी मगर । तर सम्वन्धित निकाय भने यस्ता किसिमका अवैध आयातलाई निरुत्साहित गर्ने कुनै ठोस पहल नगरेको पाइएको छ ।

यस सम्बन्धमा सम्बन्धित निकायलाई बारम्बार आधिकारिक रुपमा जानकारी गराएपनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चर्यको विषय भएको बताउँछन् बुटवल इन्जिनियरिङ एसोसिएसनका उपाध्यक्ष बाबुराम आचार्य । सरकारलाई दैनिक लाखौंको नोक्सानी हुनु भनेको आखिर जनतालाई नै नोक्सानि हुुनु होइन र ? उनको प्रश्न छ ।

स्थानीय व्यापारीका अनुसार गाडी धनि स्वयंले सिमापारीका व्यपारीलाई सम्र्पक गर्ने र एजेन्टको सहयोगमा विभिन्न किसिमको सेटिङमा ग्यारेजसम्म माल सामान उपलब्ध खुलेआम हुने गरेको बताइएको छ । जसले सरकारको राजश्वमा प्रत्यक्ष असर गर्नुका साथै राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यापारीहरु विस्थापित हुनुपर्ने अवस्था आएको छ ।

यस्तो किसिमको भयावह स्थिति आइसक्दा पनि सम्बन्धित निकायले नजर अन्दाज गर्नुले सो निकायको कार्यशैलीप्रति समेत प्रश्न चिन्ह खडा गरेकोे छ । साथै सस्तो मूल्यको लोभमा सक्कली भनि नक्कली पार्टसको प्रयोग पनि व्यापक रुपमा बढदै गएको व्यवसायीहरु बताउँछन् । यस सम्बधमा सम्बधित निकायले छिटो भन्दा छिटो ठोस कदम चाल्नुपर्ने र अवैध किसिमका आयातलाई पूर्ण रुपमा बन्द गर्नुपर्ने देखिएको छ । भविष्यमा यस्ता किसिमका क्रियाकलापलाई निरुत्साहित गर्न केन्द्र सरकारले यसमा विशेष ध्यान पुर्याउन जरुरी देखिएको छ ।

You might also like

Comments are closed.