युवा व्यवसायी राजलाई राष्ट्रिय युवा उद्यमी सम्मान

काठमाडौं । युवा व्यवसायी राज कार्की सम्मानित भएका छन् । चन्द्र लोक प्रतिष्ठानले शनिबार आयोजित एक कार्यक्रमबीच कार्कीलाई राष्ट्रिय युवा उद्यमी सम्मानबाट सम्मानित गरेको हो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री परिषद पूर्व अध्यक्ष खिलराज रेग्मीले उनलाई सम्मान गरेका हुन् ।

कार्की बिगत १८ वर्षदेखि व्यावसायिक क्षेत्रमा आवद्ध छन् । उनले २०७२ देखि टेलरिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । श्री राज कलेक्सन नरदेवी काठमाडौंबाट सुरू भएको यो व्यवसायलाई उनले यही वर्ष विस्तार गरेका छन् । काठमाडौंको बागबजारमा उनले सुटमाला नामक टेलरिङ सञ्चालन गरिरहेका छन्।

उनी नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव समेत हुन् । उनी सामाजिक र व्यावसायिक काममा निरन्तर सक्रिय छन् ।

jutta mela

सम्मानप्रति आभार व्यक्त गर्दै कार्कीले उद्यम क्षेत्रमा थप रचनात्मक काम गर्न प्रेरणा मिलेको बताए ।

You might also like

Comments are closed.