डाक्नेश्वरी २ मा पुनःमतदान

सप्तरी ।  सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ स्थित मतदानस्थलमा आज सोमबार पुनःमतदान सुरु भएको छ ।

मतदान अधिकृत विपिन यादवलाई मतदानका क्रममा शुक्रबार अर्थात् वैशाख ३० गते स्थानीयवासीले कुटपिट गर्नुकासाथै मतपेटिका तोडफोड गरी मतपत्र च्यातेपछि स्थगित गरिएको निर्वाचन आज विहान ७ बजेबाट सुरु भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

अपाङ्गता भएको महिलाले रुचाएको चिह्नमा छाप लगाउन अह्राएकोभन्दा यादवले फरक चिह्नमा छाप लगाएको आरोपमा आक्रोशित समूहले उनलाई कुटपिट गरी मतपेटिका तोडफोड गरेपछि सर्वदलीय वैठकले मतदान स्थगित गरेको थियो । सोही बैठकको निर्णयअनुसार आज मतदान भइरहेको हो ।

jutta mela

घटनापछि डाक्नेश्वरी–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटै मतदान केन्द्रको निर्वाचन स्थगित गरिएको थियो । डाक्नेश्वरी नगरमा १० वडा छन् ।

You might also like

Comments are closed.