सुत्केरी र अशक्तलाई एम्बुलेन्स सेवा निःशुल्क

ललितपुर । जिल्लाका दुर्गम क्षेत्रमा पर्ने दुई गाउँपालिकाले सुत्केरी र अशक्तलाई निःशुल्क एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको छ । बागमती गाउँपालिका र कोञ्ज्येसोम गाउँपालिकामा आज पदबहाली गर्दै पहिलो निर्णयका रुपमा आवश्यकलाई निःशुल्क एम्बुलेन्सको निर्णय गरिएको हो । गाउँपालिकामा अध्यक्ष, उपााध्यक्षलगायत पदाधिकारीले पदबहाली गरेका हुन् । बागमती गाउँपालिकाको अध्यक्षमा बीरबहादूर लामा र उपााध्यक्षमा भक्तबहादूर दर्लार्मीे र कोञ्ज्येसोम गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का कृष्णमान लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका राजनप्रसाद घिमिरे निर्वाचित भएका थिए ।

बागमती गाउँपालिकाकाले सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र सुत्केरी स्याहार बापत रु दुई हजार दिइने निर्णय गरेको छ । आगामी आवदेखि बालविकास सहजकर्ता र विद्यालय कर्मचारीलको तलब सङ्घीय सरकारले तोकेअनुसार गरिने निर्णय भएको छ । कोञ्ज्येसोम गाउँपालिकाले गाउँपालिकाका ज्येष्ठ नागरिक, असहाय र सुत्केरी महिलालाई निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको छ ।

सुगम जिल्ला भए पनि ललितपुरमा तीन गाउँपालिका पूर्वाधार र आर्थिक विकासका हिसाबले पछाडि रहेका छन् । खासगरी स्वास्थ्य उपचारका लागि एम्बुलेन्सले ठूलो रकम लिने गर्दा नागरिक अस्पताल जान असहज थियो । निर्वाचन पहिले यहाँका सबै उम्मेदवारले आफू विजयी भएमा लक्षित वर्गलाई एम्बुलेन्स निःशुल्क गरिने प्रतिबद्धता जनाएका थिए ।

 

You might also like

Comments are closed.