विपन्नलाई खानेपानी निःशुल्क र सुत्केरी भेटघाट कार्यक्रम

परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिकाले विपन्न नागरिकलाई निःशुल्क खानेपानी उपलब्ध गराउने भएको छ । नगरपालिकाले सुत्केरीको स्वास्थ्यलाई मध्यनजर गर्दै पोषण सामग्रीसहित सुत्केरी भेटघाट कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

सो पालिकामा निर्वाचित मेयर विमला अर्यालले आज पदभार ग्रहण गर्दै उक्त निर्णय गरेकी हुन् । वनकट्टीस्थित सहिद विष्णुप्रसाद पाण्डेको शालिकमा माल्यापर्ण गरी नगरपालिकाको कार्यालयमा पदभार ग्रहण गरेकी अर्यालले खानेपानी सेवालाई सर्वसुलभ बनाउन र विपन्न वर्गलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउन आर्थिक सामाजिक हिसाबले पछि परेका विपन्न समुदायलाई मासिक पाँच हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेको राससलाई जानकारी दिइन् ।

यो निर्णय आगामी साउनदेखि लागू हुनेछ । सुनवल नगरपालिकाले नगरभित्र सञ्चालित विभिन्न खानेपानी आयोजना तथा संस्थाबाट वितरण हुने खानेपानीको महसुलमा एकरुपता ल्याउन यसअघि नै सुनवल नगरपालिकाका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था व्यवस्थापन ऐन जारी गरी लागू गरिसकेको छ । जिल्लाकै पहिलो महिला मेयरसमेत रहेकी अर्यालले नगरका सुत्केरीलाई पोषण सामग्रीसहित भेटघाट कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन् ।

jutta mela

सुत्केरी अवस्थामा अधिकांश महिलाको पोसिलो खाना र स्वास्थ्यमा उचित ध्यान नपुग्ने गर्दा शिशु र आमाको ज्यान जोखिममा पर्ने अवस्थालाई मध्यनजर गर्दै सुत्केरी महिलालाई पोषणयुक्त खानाको लागि प्रेरित गर्न नगद नभई पोषण सामग्रीसहित भेटघाट कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख अर्यालले बताइन् ।

नगरउपप्रमुख सूर्य दुवेले पनि आजै पदभार ग्रहण गर्दै सबै जनप्रतिनिधि एकजुट भएर नगरको विकासमा केन्द्रीत हुने बताए । स्थानीय तह निर्वाचन २०७९ अन्र्तगत सुनवल नगरपालिकामा प्रमुख र उपप्रमुखसहित सात वटा वडामा नेकपा (एमाले)ले जित हासिल गरेको छ भने चार वटा वडामा नेपाली कांग्रेस र एउटा वडामा नेकपा(माओवादी केन्द्र)ले जित हासिल गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अशोक कोइरालाले जानकारी दिए ।

You might also like

Comments are closed.