बढ्यो हवाई भाडा, कहाँको भाडा कति ?

 

काठमाडौं । नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्यवृद्धि गरेसँगै हवाई भाडा बढेको छ । नेपाल वायु सेवा सञ्चालक सङ्घले बुधबारदेखि लागू हुने गरी नयाँ भाडादर सार्वजनिक गरेको छ । नयाँ भाडादरमा रु ९० देखि रु ४४५ सम्म वृद्धि भएको छ ।

सबैभन्दा लामो दूरीका रुपमा रहेको काठमाडौं–धनगढीको भाडा रु ४४५ बढेको छ । वृद्धि भएको भाडादर अनुसार काठमाडौं–सिमराको भाडा रु तीन हजार ७२५ कायम भएको छ भने काठमाडौं–धनगढी रु १५ हजार ६६५ कायम भएको छ । काठमाडौं–भद्रपुर ११ हजार ९३५, काठमाडौं–विराटनगर नौ हजार ३२५, काठमाडौं–जनकपुर पाँच हजार २५०, काठमाडौं–भरतपुर चार हजार ४३५ र काठमाडौं–पोखरा ६ हजार ३०५ कायम भएको छ । काठमाडौं–भैरहवा सात हजार ८८०, काठमाडौं–नेपालगञ्ज १२ हजार ८९५ र काठमाडौं–तुम्लिङटार सात हजार ४६० कायम भएको छ ।

jutta mela

माउन्टेन फ्लाइटको भाडादर रु १३ हजार ७६५ कायम भएको सङ्घले जनाएको छ । नेपाल आयल निगमले आइतबार हवाई इन्धनको मूल्यमा प्रतिलिटर रु १० वृद्धि गरेको थियो । अहिले हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु १६६ छ ।

 

You might also like

Comments are closed.